२०८० चैत्र १५ , बिहिवार

एक वर्षमा प्रतिब्यारेल ३६ डलरले घट्यो कच्चा तेलको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३६ डलरले घटेको छ । अघिल्लो वर्ष २०७८ को चैत मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारेल १०८ अमेरिकी डलर रहेको थियो ।

 

जबकी, आज डब्लूटीआई ब्राण्डको कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ७२ अमेरिकी डलर छ । यो एक वर्षको अवधिमा आएको ३६ डलर प्रतिब्यारेल गिरावट हो । कच्चा तेलको मूल्य २०७९ चैत मसान्तसम्ममा २० प्रतिशतले घटेको थियो ।

 

यस्तै, सुनको मूल्य भने निरन्तर बढिरहेको छ । २०७८ को चैत मसान्तमा प्रति औंन्स १९७६ डलर रहेको सुनको मूल्य २०३१ डलर पुगेको छ । यो एक वर्षमा आएको ५५ डलरको वृद्धि हो ।