२०८१ बैशाख ७ , शुक्रवार

कमेडियन विक्की र अभिनेत्री श्रद्धाले गरे बिहे

सुनाखरी न्युज/ काठमाडौं । कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्। परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्।

 

आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ। आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ। विक्की र श्रद्धाले गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका थिए।

 

विक्की कमेडी च्याम्पियनका फर्स्ट रनरअप हुन्। विक्की र श्रद्धाले कमेडी शो ‘मा कसम यहाँ दुख्छ’ मा सहकार्य गरेका थिए। अभिनेत्री श्रद्धा पछिल्लो समय फिल्म ‘प्रेमगीत २’ मा देखिएकी थिइन्।