२०८१ बैशाख १३ , बिहिवार

नङको पहेंलो रङले थाहा हुन्छ धेरै स्वास्थ्य समस्या

सुनाखरी न्युज / काठमाडौं – नङ पहेँलो हुनुमा जेनेटिक कारण वा बुढ्यौली हुन सक्छ। यस्तो अवस्थामा नङ मोटाउन थाल्छ र पहेँलोपन पनि बढ्न थाल्छ। यो फंगल सङ्क्रमणको कारणले पनि हुन सक्छ। साथै,यसले केही गम्भीरसराइअसिस, एचआइभी र मिर्गौला रोगलाई सङ्केत गर्छ।बढी धूम्रपान गर्ने व्यक्तिको चुरोटको प्रत्यक्ष सम्पर्कले नङको रङ पनि पहेँलो देखिन थाल्छ। यस्तो अवस्थामा यो पहेँलोपन औँला र औँलामा बढी महसुस हुन्छ।

 

फंगलको संक्रमण– विभिन्न किटाणु तथा फोहोरको संक्रमणले पनि नङ पहेंलो हुने वा सेतो हुने समस्या देखिन्छ । त्यसैले यस्तो समस्या धेरै दिन देखियो भने बेवास्ता गर्नु हुँदैन । नङ पहेंलो हुनु पछाडी विभिन्न कारण हुन सक्छन् । जसलाई जानेको खण्डमा यसबाट छुट्कारा पाउन सकिन्छ ।
नङ पालिस– नियमित रुपमा नङ पालिस लगाउँदा पनि पहेंलो हुने समस्या देखिन्छ । त्यसैले कहिलेकाँही नङलाई यत्तिकै राख्ने गर्नुपर्दछ ।

रगतको कमी– के तपाईंलाई थाहा छ शरीरमा रगतको कमी भयो भने पनि खुट्टाको नङ पहेंलो हुन सक्छ । रगतको कमीले नङ कमजोर हुने तथा भाँचिने समस्या पनि देखिन्छ ।

पोषक तत्वको कमी– शरीरमा पोषक तत्वको कमीले पनि नङ कमजोर हुने तथा पहेंलो हुने समस्या देखिन्छ । त्यसैले आइरन, भिटामिन तथा क्याल्सियम जस्ता पोषक तत्वको सेवन गर्नुपर्दछ ।

 

बिमारीको कारण– विभिन्न खाले रोगका कारणले पनि खुट्टाका नङ पहेंलो हुने समस्या हुन्छ । यदि तपाईंलाई मधुमेह, थाइराइड जस्ता दिर्घरोगको समस्या छ भने यस्तो देखिने सम्भावना रहन्छ ।