२०८१ बैशाख ६ , बिहिवार

रोजगारीको खोजीमा विदेशीनेको संख्या ५१ प्रतिशतले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा विदेशीने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ ।

 

आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको हो । ‘समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती लिने नेपालीको संख्या ३ लाख ८७ हजार ८३९ पुगेको छ,’ केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ, ‘यो ५१.५ प्रतिशतको वृद्धि हो ।

 

’ यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृती लिन नेपालीको संख्या समेत ५.५ प्रतिशतले बढेको छ । यससँगै, पुनः श्रम स्वीकृती लिने नेपालीहरुको संख्या २ लाख १७ हजार ९५९ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।