२०८१ बैशाख १३ , बिहिवार

२५ दिनमा सकियो ‘ब्रह्माण्ड’ को पहिलो सेडुल

सुनाखरी न्युज/ काठमाडौं । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोज पोखराको संयुक्त निर्माण रहेको नेपाली सिरिज ‘ब्रह्माण्ड’ छायांकनको पहिलो सेडुल सकिएको छ । क्यामरा अन गरेको २५ औं दिनमा सिरिजको पहिलो सेडुल सकिएको हो ।

‘ब्रह्माण्ड’ ८ एपीसोडको हुनेछ र यसको फुल लेन्थ ८ घण्टाको हुनेछ । सिरीजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ्ग, राजन खतिवडा, सरीता गिरी, विशाल पहारी, सुरज विष्ट लगायतको अभिनय छ । सन्जय ढुङ्गाना र सुप्रज्ञा शर्माले यस सिरीजबाट अभिनयमा डेव्यु गर्दैछन् ।
रियाज नाटककारको लेखन तथा निर्देशन रहेको ‘ब्रह्माण्ड’ को छायांकार पुरुषोत्तम प्रधान, प्रोडक्सन म्यानेजर दिलीप पन्त हुन् भने यसका कार्यकारी निर्माता सागरराज आचार्य हुन् ।

‘ब्रह्माण्ड’ लाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा ओटीटी प्लेटफर्ममा रिलिज गरिनेछ । पछिल्लो समय दर्शकहरुको टेस्ट र ओटीटीका सिरीजहरु प्रतिको आकर्षणलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय मापदण्डको सिरीज बनाइएको निर्देशक रियाज नाटककारले बताए ।