२०८१ जेठ ४ , शुक्रवार

संसदमा राप्रपाको नाराबाजी

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् ।

 

बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे । सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताए । ‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसद दिपक सिंहले प्रश्न गरे ।

 

राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर स‌ंसदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका छन् । संसदमा राप्रपाको अवरोध जारी रहेका कारण बैठक अघि बढ्न सकेको छैन् ।