२०८१ बैशाख ४ , मंगलबार

तोलामा ४०० रुपैयाँले बढ्यो सुन

Gold

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि अल–टाइम हाई नजिक पुगेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ। यसअघि गत वैशाख २१ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ भने लगातार चौथो दिन पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। गत आइतबारदेखि चाँदी तोलाको १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।