२०८१ बैशाख ८ , शनिवार

मंगल ग्रहको पहिलो मिसनमा महिला पठाउँदै

सुनाखरी न्युज /एजेन्सी युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएका वैज्ञानिकहरुले गरेको एक अध्ययनले मङ्गल ग्रहमा पहिलो पटक महिलालाई नै पठाउनुपर्ने सुझाएको छ । महिलाले पुरुषको तुलनामा अक्सिजन कम प्रयोग गर्ने, कार्बनडाइअक्साइड कम उत्सर्जन गर्ने र कम खाना चाहिने भएकाले लामो समयको मिसनका लागि उनीहरूलाई पठाउँदा उपर्युक्त हुने अनुसन्धानकर्मीले सुझाव दिएका हुन् ।

 

वैज्ञानिकहरूले लामो समयको अन्तरिक्ष यात्रामा पुरुष र महिलाहरूले अक्सिजन, ऊर्जा, कार्बनडाइअक्साइड, ताप र पानीको खपत गर्ने बारे अध्ययन गरेका थिए । हिलाको हकमा भने यी सबै कुराको खपत ३० प्रतिशत भन्दा कम रहेको छ । यही कुरालाई आधार मान्दै उक्त अध्ययनले मंगल ग्रहमा मानव सहितको पहिलो अन्तरिक्षयान पठाउँदा महिला अन्तरिक्षयात्रीहरू समावेश गरिनुपर्ने अध्ययनको निष्कर्ष छ ।

 

त्यस्तै त्यसो गरिँदा स्पेस एजेन्सीले खाना, पानी र अन्य स्रोतहरूमा लाग्ने रकम बचत गर्न सक्ने अध्ययनमा उल्लेख छ । अध्ययनको रिपोर्ट अनुसार चार महिला अन्तरिक्षयात्रीलाई १,०८० दिनको मिसनमा पठाउँदा पुरुषको तुलनामा १,६९४ किलो कम खाना चाहिन्छ ।