२०८३ कार्तिक १६ , आइतवार

जंगलमा लागेको डढेलो बस्ती पस्दा घर र गोठमा क्षति

सुनाखरी न्युज / काठमाडौं – मंगलबार बिहान नापेटार जङ्गलबाट शुरू भएको डढेलो डाँडाखर्क सामुदायिक वन हुँदै बस्तीमा पसेको वडाध्यक्ष ढकबहादुर कार्कीले बताए। डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलो बस्ती पस्दा बराहपोखरी गाउँपालिका(१ बराहपोखरी‚ डुम्रेबोटेका मानबहादुर राउतकोदुई तले दुई वटा घर र एउटा बाख्राको खोर जलेको छ।

 

यस्तै, सोही ठाउँका तिलकबहादुर बस्नेत र भिमबहादुर दाहालको एक – एक गोठ जलेको छ।  डढेलो प्रहरी चौकी बराहापोखरी, इलाका प्रहरी कार्यालय चिसापानी र सशस्त्र प्रहरी बल सुरक्षा बेस चिसापानीको टोलीले राति नियन्त्रणमा लिएको थियो।सामुदायिक वनमा लागेको डढेलो बस्ती पस्दा बराहपोखरी गाउँपालिका(१ बराहपोखरी‚ डुम्रेबोटेका मानबहादुर राउतकोदुई तले दुई वटा घर र एउटा बाख्राको खोर जलेको छ। यस्तै, सोही ठाउँका तिलकबहादुर बस्नेत र भिमबहादुर दाहालको एक(एक गोठ जलेको छ।

 

यस्तै, रावाबेंसी गाउँपालिका(३ लामीडाँडाको खोटेजुरेली र झाँक्रीथान सामुदायिक वन, रावाबेंसी(४ डुम्रेधारापानीको कालीका भगवती सामुदायिक वन र रावाबेंसी(५ दुबेकोलको रातामाटा हाँडीखोला सामुदायिक वनमा डढेलो लागिरहेको छ।