२०८१ बैशाख १३ , बिहिवार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इमरानलाई पाकिस्तानी रेंजर्सले अदालतको कोठाबाटै पक्राउ गरेको हो । गुप्तचर एजेन्सी आईएसआईका अधिकारीहरूले मेजर जनरल फैसल नसीरमाथि गम्भीर आरोप लगाएका थिए।

 

इमरानले मेजर जनरल फैसल नसीरलाई मार्न खोजेको आरोप लगाएका थिए । इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अल्जजिराले जनाएको छ। उनी अदालतमा उपस्थित हुन पुगेका थिए। पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन्।

 

पिटिआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडी भित्र हालेको देखिन्छ। यस मुद्दामा संलग्न अन्यहरूमा पूर्व संघीय विदेश मन्त्री जुल्फिकार बुखारी र पूर्व जवाफदेहिता सल्लाहकार शहजाद अकबर समावेश छन् । एजेन्सी