२०८० चैत्र १५ , बिहिवार

कक्षामा विद्यार्थीबाट फोन खोस्दा शिक्षकको यो हालत

सुनाखरी न्युज/ काठमाडौं । अमेरिकाको टेनेसीस्थित एक विद्यालयमा कक्षाकोठाभित्रै फोन चलाउने विद्यार्थीको फोन शिक्षकले खोसेका छन् । खोसेको फोन फिर्ता लिनका लागि विद्यार्थीले शिक्षकलाई लखेटेकी थिइन् ।

 

फोन नपाएपछि उनले शिक्षकमाथि खुर्सानी (पेपर स्प्रे) ले आक्रमण गरिन् । ती विद्यार्थीले क्लासमा पढाइ भइरहेको बेलामा टेक्स्ट मेसेज तथा गूगल उपयोग गरिरहेकाले शिक्षकले फोन खोसेका थिए । अमेरिकाका विद्यालयहरूमा पहिला पनि यस्तो घटना हुने गरेको न्युयोर्क पोस्ट लेख्छ ।

 

यसले शिक्षकको सुरक्षाका विषयमा विभिन्न प्रश्न उठाएको छ । विद्यालयमा मोबाइल फोन लिएर जानु कानूनी रूपमा ठीक छ कि छैन भन्ने विषयमा बहस पनि चलिरहेको छ ।एजेन्सी