२०८१ बैशाख १५ , शनिवार

राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह रावल निर्वाचित

सुनाखरी न्युज/ काठमाडौं ।

राप्रपाको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छिन् ।  राजधानीमा जारी महाधिवेशनले आइतबार रावलको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

 

महाधिवेशनबाट उपाध्यक्षमा संगीता मल्ल ठकुरी (धनुषा) र महासचिवमा कुमारी स्याङ्तान (सिन्धुपाल्चोक) निर्वाचित भएका छन् ।

 

त्यस्तै उपाध्यक्षमा सिजन श्रेष्ठ (काठमाडौं) र सरस्वती श्रेष्ठ (रामेछाप), महासचिवमा रञ्जना सेन ठकुरी (कास्की) र चम्पा अधिकारी९काठमाडौं० मनोनित भएका छन् ।

 

महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्यीडित, जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय सदस्यहरु पनि चयन गरेको छ ।