२०८१ बैशाख ४ , मंगलबार

दिनभरको उतार चढावपश्चात नेप्सेमा १० अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको तेस्रो दिन मंगलबार (आज) दोहोरो अंकले बढेको छ । दिनभरको उतार चढावपश्चात आज नेप्से १०.६६ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ३६ विन्दुमा बन्द भएको हो ।

सोमबार नेप्से १६.९३ अंकले घटेर एक हजार ८ सय ३३ दशमलब ६९ विन्दुमा बन्द भएको थियो । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज ७७ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। आज कारोबार भएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पिपुल्स पावर कम्पनीको शेयरमूल्य ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता २६९.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।