२०८१ बैशाख १३ , बिहिवार

दयाहाङ र मिरुनासँगै हर्क साम्पाङले हेरे ‘जारी’

सुनाखरी न्युज/ काठमाडौं । यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’लाई धरानका मेयर हर्क साम्पाङले हल नै रिभर्ज गरेर हेरेका छन् । उनीसँगै फिल्म हेर्न दयाहाङ राई र मिरुना मगर पनि धरान पुगेका थिए । सोमबार बेलुका स्थानीय फ्रेन्ड्स सिनेमा हलमा मेयर र कलाकारसहितको टोलीले फिल्म हेरेको थियो ।

 

फिल्म हेरेपछि मेयर साम्पाङले फिल्म उत्कृष्ट बनेको बताउँदै लेखेका छन्, ‘जारी फिल्म सबैले हेर्नुहोला । साह्रै राम्रो लाग्यो ।’ विशेष शोअघि उक्त फिल्म हलमा ‘मिट एण्ड ग्रिट’को समेत आयोजना गरिएको थियो, जहाँ कलाकारदेखि मेयरसम्मले फिल्मबारे मिडियासँग कुराकानी गरे ।

 

फिल्मको बेलायत प्रिमियरपछि दयाहाङ र मिरुना धरान पुगेका हुन् । धरान भ्रमणपछि दयाहाङ घरायसी कामका लागि भोजपुर लागेका छन् भने मिरुना मंगलबार काठमाडौं फर्किने तयारीमा छिन् । चलचित्र विकास बोर्डका अनुसार उपेन्द्र सुब्बा निर्देशित जारीले तेस्रो सातासम्म १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।