२०८१ बैशाख २० , बिहिवार

छोराको न्वारनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो समय विभिन्न उपहारको सट्टामा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । यसैबीच भरतपुर महानगरपालिका १५ निवासी जिवन क्षेत्रीले आफ्नो छोरा श्रीजल क्षेत्रीलाई न्वारनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् ।

 

क्षेत्रीले आफ्नो छोरोको सफल भविष्यको लागि कम्पनीको चाबहिल शाखाबाट सिटिजन बाल भबिष्य योजनाको बीमा पोलिसी उपहार गरेका हुन् । कम्पनीको सो बाल भबिष्य योजनामा पाँच वटा अतिरिक्त सुबिधा सहितको बीमा अबधि समाप्तीमा बिमाकं रकम र बोनस रकम एकमुस्ट पाइने उक्त कार्यक्रममा उपस्थित चाबहिल शाखा प्रमुख दिपक बस्यालले जानकारी दिए ।

 

थोरै थोरै रकम जम्मा गरेर हुने एकमुस्ट रकम जम्मा गर्नु नपर्ने साथै बीमाको माध्यमले बचत सङ्गसङ्गै आफ्नो जीबनमा आइपर्ने जोखिम समेत बहन गर्ने भएकाले बाल भबिष्य योजना छनोट गरेको बुवा जिवन छेत्रीले बताए ।