२०८१ बैशाख १३ , बिहिवार

सुत्केरी बिदा बढाउने तयारीमा सरकार

सुनाखरी न्युज / सरकारले कामकाजी महिलालाई दिँदै आएको सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउने तयारी थालेको छ। हाल महिलाले ९८ दिन सुत्केरी बिदा पाउँदै आएका छन्। स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो।उनका अनुसार पछिल्लो समयमा स्तनपान गराउने महिलाको संख्या घट्दै गएको अवस्थामा कामकाजी महिलालाई हाल दिँदै आएको ९८ दिनको सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउन लागिएको हो।

 

उनले भने‚ ‘सुत्केरी बिदा बढाउने विषयमा अनौपचारिक रूपमा कानुन मन्त्रालयसँग छलफल गरेपछि स्वास्थ्यले ऐन संशोधनका लागि मस्यौदा पठाइएको छ। अब कानुन मन्त्रालयले पास गरेपछि मन्त्रिपरिषद्को स्वीकृति हुँदै संसद्‌बाट पारित भएर संशोधित ऐन कार्यान्वयनमा जाला। यसपछि​ सरकारी तथा निजी कार्यालयमा कार्यरत सबै महिलाले सुत्केरी बिदाबापत ६ महिना बिदा पाउनेछन्।ुहीअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा ९१० संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ।

 

उक्त ऐन संशोधन मस्यौदा करिब दुई साताअघि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा। कृष्ण पौडेलले बताए।यस्तै यही सर्वेक्षणले हाल नेपालमा शिशु जन्मिएदेखि पाँच महिनासम्म एक सय सुत्केरी आमामध्ये ५६ जनाले मात्रै स्तनपान गराउँछन् भने ४४ जनाले फर्मूला ९कृत्रिम० वा गाईभैँसीको दूध खुवाउँछन्। स्तनपानलाई प्रोत्साहन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सचिवको अध्यक्षतामा स्तनपान प्रवर्धन संरक्षण समिति बनाए पनि समितिले प्रभावकारी काम गर्न नसकेको सर्वेक्षणको नतिजाले समेत देखाएको थियो। पाँच वर्षअघिसम्म नेपाल ६ महिनासम्म आमाको दूध बाहेक केही नखुवाउने दक्षिण एशियाली देशको सूचीमा नेपाल दोस्रो स्थानमा थियो। पहिलो स्थानमा रहेको श्रीलंकामा ८२ प्रतिशतले पूर्ण स्तनपान गराउँछन्।