२०८१ बैशाख ८ , शनिवार

सामाजिक सुरक्षा भत्तामा कटौती हुँदैन : अर्थमन्त्री डा. महत

सुनाखरी न्युज/ काठमाडौं ।अर्थमन्त्री डा. प्रकाशशरण महतले यो वर्ष सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरूको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिबद्धता गरेका कुराहरूबाट पछि नहट्ने बताए ।

 

अर्थमन्त्री महततले भने, ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन।’मन्त्री डा. महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताए । उनले भने, ‘सरकारको ध्यान अनावश्यक संरचना घटाउने, पुँजीगत खर्च प्रभावकारी बनाउनेतिर हुनेछ’

 

अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि उनले बताउँदै अर्थमन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने र नेपाल राष्ट्र बैंक्ले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने बताए ।