२०८० चैत्र १५ , बिहिवार

शरीरमा प्रोटिनको कमी पूर्ति गर्ने ‘ब्रेकफास्ट’

सुनाखरी न्युज/ काठमाडौं ।  प्रोटिनको कमी पूर्ति गर्नका लागि नास्तामा प्रोटिनलाई समावेश गर्नु फाइदाजनक हुन्छ । यसका लागि तपाईं पनीरको सेवन गर्न सक्नुहुन्छ । यसलाई परौठा तथा भूर्जि बनाएर खान सकिन्छ ।

 

कोही व्यक्तिले नास्तामा दलीय खान पनि रुचाउँछन् । जो प्रोटिन पाउनका लागि एकदमै राम्रो हुन्छ । त्यसैले, दलीय खाना खाएमा प्रोटिनको कमीलाई पूरा गर्न सकिन्छ । यदि, शरीरमा प्रोटिनको कमी भएको छ भने पनि नास्तामा दहीको सेवन गर्न सकिन्छ । दही पाइने पोषक तत्व पाचन प्रक्रियाका लागि पनि राम्रो हुन्छ । बिहान नास्तामा स्प्राउट्सहरूको सेवन गर्नु पनि एकदमै फाइदाजनक हुन्छ ।

 

जो शरीरमा अन्य पोषक तत्वहरू पनि प्राप्त हुन्छ । त्यस्तै, प्रोटिनको कमी पूर्ती गर्नका लागि बेसनको रोटी बनाएर खान पनि सकिन्छ । त्यस्तै बिहानको नास्तामा बेसनको रोटी तथा पकौडाहरू सेवन गर्न सकिन्छ । ओट्स पनि सम्पूर्ण पोषक तत्वहरूको भण्डार हो । ओट्समा प्रोटिन तथा कार्ब्स भरपुर मात्रामा पाइन्छ । जसले शरीरमा आवश्यक प्रोटिनको मात्रा पूरा हुन्छ ।एजेन्सी