२०८१ बैशाख १३ , बिहिवार

बुधवार विवाह गर्दै विक्की र श्रद्धा

सुनाखरी न्युज/ काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चिनिएका विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईं बुधवार विवाह बन्धनमा बाँधिने भएका छन् ।

 

उनीहरूको विवाह समारोह त्रिभुवन आर्मी क्लबमा आयोजना गरिएको छ । विवाहमा परिवार, आफन्त र साथीभाइको उपस्थिति रहनेछ । विवाह अगाडि सोमबार उनीहरूको मेहन्दी समारोह आयोजना भएको थियो । जसमा सेलिब्रेटीको बाक्लो उपस्थिति थियो ।

 

विक्की र श्रद्धाले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई लुकाउँदै आएका उनीहरुले इन्गेजमेन्ट अगाडिमात्र प्रेम सार्वजनिक गरेका थिए । ‘कमेडी च्याम्पियन’बाटै यी दुईको प्रेम अंकुराएको थियो ।