२०८१ बैशाख १४ , शुक्रवार

राज्यमन्त्री सिर्पालीको अग्रसरतामा जटिल रोगका विरामीहरुलाई आर्थिक सहयोग

गोपी ज्ञवाली / काठमाडौं । संस्कृति, पर्यटन तथानागरिक उड्डयन राज्यमन्त्रीशुसिलासिर्पालीको अग्रसरतामादुई जटिल रोगबाट ग्रसितभएकादुई विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

 

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकावार्ड नम्बर १ निवासीमनिष पराजुली र भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ निवासीयोगेन्द्र सिंह सुनारलाई माननिय राज्यमन्त्रीको पहलमा दुबै जटिल रोगबाट ग्रस्त विरामीहरुलाई ५१ ÷५१ हजार रुपियाँ रकमउपलब्ध गराउनु भएको छ ।अर्धाखाँची जिल्ला निवासी दुबै विरामीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पालीको आग्रसरतामा विभिन्न समाजिक संस्थाहरु बाट सो रकम उपलब्ध गराईएको राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव विष्नु प्रसाद गैरेले बताउनु भएको हो ।

क्यान्सर रोगबाट ग्रष्त भएका संघिखर्कका मनिष पराजुली २४ वर्षिय युवा हुनुहुन्छ भने योगेन्द्र सिंह सुनार ५९ वर्षिय उमेरका हुनुहुन्छ । ७वर्ष पहिलाक्यान्सर रोग देखा परेका सुनारको उपचार पछि केही समय सन्चो भएको रोग फेरी बल्जीए पछि भरतपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको भएपनिआर्थिक अभावका कारण उपचारमा समस्याआएको विरामी सुनारको छोरा दिपक सुनारले बताउनु भएको छ । यसै गरी क्यान्सरबाट प्रभावित भएका पराजुली उच्च शिक्षा अध्ययनका लागि विदेश गएका थिए भने समस्या भए पछि घर फर्कीउको परिवार स्रोतले बताउएका छन ।