२०८१ बैशाख ११ , मंगलबार

देशका केही भागमा वर्षा हुने

सुनाखरी न्युज/ काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 

मंगलबार दिउँसो भने देशको पहाडी भू-भागका आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावा-हुरीको समेत सम्भावना रहेको छ ।

 

मंगलबार राति भने देशको पहाडी भू-भागका आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना भएकाे महशाखाले जनाएकाे छ ।