२०८० चैत्र १६ , शुक्रवार

रायमाझीलाई पक्रन देशभर पत्राचार

सुनाखरी न्युज/ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ ।

 

काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार हुनु भएको छ । रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ । यसैगरी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छाडेको छ । सोमबार अपरान्ह काठमाडौं प्रहरी परिसरमा पुग्नु भएका खाँडलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराइएको प्रहरी स्रोतले जनाएको छ ।

 

खाँडले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बतउनु भएको पनि प्रहरीले जनाएको छ । नक्कली शरणार्थी प्रकरणमा खाँडकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ ।