२०८१ बैशाख १३ , बिहिवार

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पुष्टि

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ९३१ नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याे अवधिमा २७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १४७ रहेको छ । काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २१ जना, आईसीयूमा सात जना र एक संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।