२०८१ बैशाख ८ , शनिवार

सर्जरी खोजिरहेको अर्थतन्त्रलाई झारफुकले छुँदैन : स्वर्णिम वाग्ले

सुनाखरी न्युज/ काठमाडौं । रास्वपा सांसद डा स्वर्णिम वाग्लेले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सर्जरी नै गर्नुपर्ने बताएका छन्।

 

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्रथमिकतामाथिको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले उक्त कुरा बताएका हुन्। सांसद वाग्लेले बजेटका प्रथमिकताहरु यथास्थितिवादी निबन्ध जस्तो रहे पनि केही सकारात्मक ट्रेलर देखाएको बताएका छन्।

 

‘मलाई लाग्छ, अर्थमन्त्रीले केही ट्रेलर देखाउनुभएको छ। धेरै उत्साह त छैन तर आसा छ, नीति तथा कार्यक्रम र बजेटसम्म पुग्दा थप उत्साह जगाउन सक्नुहोस्,’ सांसद वाग्लेले भने,‘सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर हामी उम्कने अवस्था छैन।’