२०८१ बैशाख १२ , बुधवार

नेप्सेमा गिरावट कायमै

Share Down

सुनाखरी न्युज/ काठमाडौं । साताको दोस्रो दिन सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज नेप्से दोहोरो अंकले घटेको छ। यो साताको पहिलो दिन आइतबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएकोमा आज त्यसले निरन्तरता पाएको हो ।

 

आज नेप्से १६.९३ अंकले घटेर एक हजार ८ सय ३३ दशमलब ६९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १९ अंकले घटेको थियो । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य बृदि हुनसकेको छैन । आज ८२ करोड ४२ लख १७ हजार रुपयाँ बराबरको कारोबार भएको छ । हिजो ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

 

आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.०५ प्रतिशतले बढेर प्रतिकित्ता७९२ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार इष्टन हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज तीन करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।