२०८१ बैशाख १२ , बुधवार

रामपुर क्याम्पसमा लगाएको ताला प्रहरीले फुटायो

सुनाखरी न्युज/ चितवन – रामपुर क्याम्पस खैरहनीमा नेविसंघले विगत एक महिनादेखि लगाएको ताला प्रहरीले सोमबार दिउँसो फुटाएको छ ।

 

लामो समयसम्म पठनपाठन हुन नसकेको, प्रशासनिक कामहरु ठप्प भएको तथा परीक्षासमेत हुन नसकेको भन्दैं विद्यार्थीहरुले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले ताला फुटाएको हो ।