२०८१ बैशाख २९ , शनिवार

भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका सांसद अमरेशविरुद्ध उजुरी

सुनाखरी न्युज/ काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ ।

 

सर्लाहीका विकासकुमार ठाकुरले सोमबार अख्तियारमा उक्त उजुरी दर्ता गराएका हुन् । सामान्य परिवारमा जन्मिएका सिंहले एक्कासि आर्थिक फड्को मार्नु अस्वाभाविक रहेको ठाकुरले उजुरीमा उल्लेख गरेका छन् ।

 

सिंहमाथि छानबिन गर्न माग गरिएको छ । सोमबारै प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भ्रष्टाचारविरुद्ध आवाज उठाउन रोक लगाएको भन्दै सिंह अर्धनग्न भएका थिए ।