२०८१ बैशाख १५ , शनिवार

आँखा स्वस्थ कसरी राख्ने ?

सुनाखरी न्युज/ काठमाडौं । आँखा हाम्रो शरीरको अति संवेदनशिल अंग हो । यसको सुरक्षाको लागि पनि त्यति नै संवेदनशिलता अपनाउनुपर्ने हुुन्छ ।

 

आँखाको हेरचाह गर्न खानपान देखि सफाइसम्मको आवश्यकता पर्छ । कहिलेकाही आँखामा भिटामिनको कमी वा उचित हेरचाह नहुँदा यसले आँखामा विभिन्न समस्या निम्याउँछ ।

 

यसरी गर्नुहोस् आँखाको सुरक्षा
१) हरियो सागपात, तरकारी र पहेंलो तथा पाकेका फलफुल, माछा, मासु प्रशस्त्र मात्रामा खानुपर्छ । यी खानेकुराले आँखा स्वस्थ र तेजिलो बनाउछन्।
२) दिनको एक पटक सफा पानीले आँखा धुनुपर्छ । यसले आँखामा भएका धुलो र फोहरलाई सफा गर्छ ।
३) अरुले प्रयोग गरेको रुमाल आफूले प्रयोग गर्नुहुँदैन् । यसले संक्रमण सर्ने जोखिम उच्च हुन्छ ।
४) चर्को घाम, विकिरणहरूबाट आँखालाई जोगाउँनुपर्छ । यसले आँखाको दृष्टिलाई प्रत्यक्ष असर गर्छ ।
५) आँखामा कुनै पनि प्रकारको चोटपटक लागेमा तथा समस्या देखिएमा चिकित्सकको परामर्श लिनुपर्छ । एजेन्सी