२०८१ बैशाख १४ , शुक्रवार

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो

सुनाखरी न्युज/ काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।

 

उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो ।भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९:४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको स्रोतले बतायो । यात्रुहरू जहाजभित्रै छन् ।

 

चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन ।जहाज रनवेमै रहेकाले अरु उडान अवतरण प्रभावित भएको छ । काठमाडौंबाट भैरहवा गएको एती एयरलाइन्सको एउटा जहाजले आकाशमा फन्को लगाइरहेको छ ।