२०८१ बैशाख ७ , शुक्रवार

बजेट अधिवेशन शुरु, प्रतिनिधिसभामा ४ दिनसम्म प्रि-बजेट छलफल हुने

सुनाखरी न्युज/ काठमाडौं।

प्रतिनिधिसभामा बजेट पूर्वको छलफल (प्रि-बजेट छलफल) चार दिनसम्म हुने भएको छ ।  सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रि-बजेट छलफल चार दिन चलाउने तय गरेको हो । प्रि-बजेट छलफल सकिएपछि अर्को बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

 

नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेका अनुसार आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

अर्थमन्त्रीले प्रस्तुत गर्ने प्रस्तावमाथि सोमबार र मंगलबार पाँचरपाँच घण्टा र बुधबार दुई घण्टा सांसदहरुले आफ्नो राय राख्नेछन् । बुधबार नै अर्थमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि प्रतिनिधिसभामा प्रि-बजेट छलफल सकिनेछ ।