२०८१ बैशाख ८ , शनिवार

सुनचाँदी क्षेत्रका विद्यमान अवस्था र समाधानका उपायहरु सम्वन्धी अध्ययन प्रतिवेदन पेश

सुनाखरी न्युज/ काठमाडौं ।

सुनचाँदी रत्न तथा आभुषण एवं हस्तकला क्षेत्रमा विद्यमान अवस्था र समाधानका उपायहरु सम्वन्धी अध्ययन प्रतिवेदन २०८० बैशाख २४ गते आइतवार पेश भएको छ । सुनचाँदी क्षेत्रमा तीनपवटै महासंघले संयक्तरुपमा तयार गरेको उप समितिले तीनवटै महासंघका अध्यक्ष समक्ष सो प्रतिवेदन पेश गरेको हो ।

सुनचाँदी रत्न तथा आभुषण महासंघका प्रथम उपाध्यक्ष राम प्रसाद विश्वकर्मा संयोजक र नेपाल सुनचाँदी ब्यवसायी महासंघका उपाध्यक्ष दियस रत्न शाक्य सहसंयोजक रहेको सो समितिले सम्वद्ध क्षेत्रका सवै पक्षसँग छलफल र समन्वयगरी सो प्रतिवेदन वुझाएको हो ।

 

त्यसक्रममा सुनचाँदी क्षेत्रमा तीनवटै महासंघका अध्यक्षहरुको उपस्थिति थियो । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य, सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरशे मान श्रेष्ठ र हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले प्रतिवेदन कार्यान्वयनकालागि पहल गर्ने बताउनुभयो ।