२०८१ बैशाख २४ , सोमवार

विश्वमा सबैभन्दा धेरै सुन कुन देशमा होला ?

Gold

सुनाखरी न्युज/ काठमाडौं । विश्वमा सबैभन्दा धेरै सुन अमेरिकामा रहेको देखिएको छ । विश्व तथ्यांकका अनुसार अमेरिकामा ८ हजार १३३ मेट्रिक टन रहेको छ । त्यस्तै जर्मनमा ३ हजार ३५५ मेट्रिक टन, इटालीमा २ हजार ४५२ मेट्रिक टन, फ्रान्समा २ हजार ४३७ मेट्रिक टन, रसिया २ हजार २९९ मेट्रिक टन सुन रहेको छ ।

 

त्यस्तै, चीनमा २ हजार ११ मेट्रिक टन, स्विजरल्याण्ड एक हजार ४० मेट्रिक टन, जापान ८ सय ४६ मेट्रिक टन, भारत ७ सय ८७ मेट्रिक टन, टर्की ५ सय ४२ मेट्रिक टन, नेदरल्याण्ड ६ सय १२ मेट्रिक टन, साउदी अरब ३ सय २३ मेट्रिक टन रहेको छ ।

 

त्यस्तै, बेलायत ३ सय १० मेट्रिक टन, स्पेन २ सय ८२ मेट्रिक टन, पोल्याण्ड २ सय २९ मेट्रिक टन, सिंगापुर १ सय ५४ मेट्रिक टन, ब्राजिल १ सय ३० मेट्रिक टन, स्विडेन १ सय २६ मेट्रिक टन, इजिप्ट १ सय २६ मेट्रिक टन, साउथ अफ्रिका १ सय २५ मेट्रिक टन सुन गोदाम गरेर राखेको विश्व तथ्यांकले उल्लेख गरेको छ ।

 

त्यस्तै, साउथ कोरिया १ सय ४ मेट्रिक टन, इन्डोनएसिया ७९ मेट्रिक टन, युएइ ७९ मेट्रिक टन, पाकिस्तान ६४ मेट्रिक टन, अर्जेन्टीना ६१ मेट्रिक टन, फिनल्याण्ड ४९ मेट्रिक टन, मलेसिया ३८ मेट्रिक टन र नाइजेरिया २१ मेट्रिक टन सुन रहेको छ ।