२०८१ बैशाख १५ , शनिवार

दीलिप रायमाझीकी छोरीसँग स्क्रिन सेयर गर्दै खगेन्द्र

सुनाखरी न्युज/ काठमाडौं । निर्माता रोहित अधिकारी आफ्नो नयाँ फिल्म ‘वरिष्ठ बलराम’ मार्फत दीलिप रायमाझीकी छोरी दीव्या रायमाझीलाई उद्योगमा डेब्यू गराउँदैछन्। यो फिल्ममा अभिनेताका रुपमा खगेन्द्र लामिछानेले काम गर्नेछन्।

 

सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने फिल्मको नाम हालै सार्वजनिक गरिएको हो। फिल्ममा सामाजिक कथाबस्तुलाई उठान गर्ने निर्माता अधिकारीले बताएका छन्।खगेन्द्र यो फिल्ममा बलरामको भूमिकामा देखिने छन्। दीव्या फिल्मका लागि नेपाल आउने तयारीमा छिन्। उनी अहिले अमेरिकामा छिन्।

 

यो फिल्मको पटकथा खगेन्द्रले नै लेखिरहेका छन्। भदौको पहिलो साताबाट छायांकनमा जाने फिल्म निर्माणमा रोहितसँग श्याम कँडेल र ओम अग्रवालले सहकार्य गर्दैछन्। काठमाडौं र विरगंजमा छायांकन हुने फिल्ममा २ करोड लगानी लाग्ने रोहितले बताएका छन्।