२०८१ बैशाख ११ , मंगलबार

शेयर बजारमा गिरावट, कारोबार रकम पनि ६० करोडमा झर्यो

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको पहिलो आज आइतबार दोहोरो अंकले घटेको । गत साताको अन्तिम दिन बिहिबार दोहोरो अंकले बढेको शेयरबजारमा आज फेरि गिरावट आएको हो ।

आज नेप्से १९.१२ अंकले घटेर एक हजार ८ सय ५० दशमलब ६१ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १२.७३ अंकले बढेर एक हजार ८ सय ६९ दशमलब ७३ विन्दुमा बन्द भएको थियो । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहिबार नेप्सेमा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबार भएका २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२२ प्रतिशतले बढेर प्रतिकित्ता ५४२.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एनएमबी डिभेञ्चर र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज तीन करोड २२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।