२०८१ बैशाख ८ , शनिवार

म गलत थिइनँ, माया लागेर बयान फेरेँ : समीक्षा अधिकारी

सुनाखरी न्युज/ काठमाडौं । गायिका समीक्षा अधिकारीले आफू गलत नभएको बताएकी छन् । गायिका अधिकारीले आफू गलत नभएपनि माया लागेर बयान फेरेको अभिव्यक्ति दिएकी हुन् ।

 

एक टेलिभिजन अन्तर्वार्तामा उनले आफ्नो सुरक्षाका लागि उजुरीमा गएको र पछि माया लागेकोले अदालतमा बयान फेरेको बताएकी हुन् । ‘उहाँको टिमबाट मार्ने धम्की, दिनदिनै टर्चर गरेकोले मुद्दा हालेकोे थिएँ’, उनले अगाडि भनेकी छन् ‘आफ्नो सुरक्षाका लागि त्यो निर्णय गरेको हो ।

 

’ त्यो समय आफ्नो दिनमै ५ वटा गीत रेकर्ड हुने बताएकी उनले टर्चरका कारण डिप्रेसनको स्थिति पनि आएको खुलाएकी छन् । अन्तरवार्तामा उनले भनेकी छन्, ‘मलाई यसले ठुलो रुप लिन्छ भनेर थाहा पनि थिएन । यति हो कि म गलत छैन ।’ उनकै बयानका आधारमा बलात्कार अभियोगमा अभियुक्तले सफाइ पाएका थिए ।