२०८१ बैशाख ८ , शनिवार

नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय नागरिक पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 

भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ ।

 

प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरुसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु नेपालमा नै विभिन्न व्यवसाय गर्नेहरु रहेको एसएसपी केसीले बताए ।