२०८१ बैशाख १३ , बिहिवार

विवाह गरेको १५ दिनमै आक्रमणमा परी भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । नेपाली मूलका एक भारतीय सैनिककको आतङ्कवादी आक्रमणमा निधन भएको छ । भारतको जम्मु कश्मिरको राजौरीमा शुक्रबार भएको आक्रमणमा उनको निधन भएको हो ।

 

सो क्रममा भारतका पाँच सैनिकको मृत्यु भएको थियो । जसमा भारतीय सैनिकमा कार्यरत नेपालीमूलका प्याराकमान्डोका राइफलम्यान सिद्धान्त क्षेत्रीको पनि निधन भएको हो । सिद्धान्त दार्जीलिङको बिजनबाडी क्षेत्रका हुन् । २४ वर्षका उनले दुई महिनाअघि मात्र विवाह गरेका थिए ।

 

उनका दाई ओमप्रकाश क्षेत्री पनि भारतीय सेनमा थिए । र, केही समय अघि मात्रै रिटायर्ड भएको बताइएको छ । भाई विवाह गरेर १५ दिन अघि मात्रै कश्मिर क्षेत्रमा पुगेको ओमप्रकाशले बताए । बुहारी २२ वर्षकी छन् । श्रीमानको मृत्युको खबर सुनेपछि उनी बेहोस अवस्थामा रहेको बताइएको छ । एजेन्सी