२०८१ बैशाख ६ , बिहिवार

डिभीको नतिजा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । अमेरिकाले २०२४ को डिभीको रिजल्ट सार्वजनिक गरेको छ । मे २३ अर्थात नेपाली समय अनुसार आज शनिबार राति ९ बजेर ४५ मिनेटमा डिभीको नतिजा प्रकाशन भएको हो ।

यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री सार्वजनिक गर्ने गर्छ ।

जसको नतिजा डिभी प्रोग्राम डट स्टेट डट जिओभीमा गई आफूले आवेदन दिँदा प्राप्त गरेको कम्फर्मेशन नम्बर राखेर हेर्न सकिनेछ।