२०८१ बैशाख १५ , शनिवार

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

 

यो सँगै रास्वपा सरकारमा सहभागी पनि नहुने भएको छ । रास्वपाले पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुँदा बखतदेखि हालसम्म सरकारलाई दिएको समर्थन कायम राखेको थियो। केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा रहने सर्वसम्मत रुपमा निर्णय गरेको प्रतिनिधिसभा सांसदसमेत रहेका सभापति लामिछानेले जानकारी दिनुभयो ।

 

देशैभरीबाट प्राप्त जनताको म्याण्डेट अनुरुप प्रतिपक्षमा बस्ने निर्णय भएको बताउँदै उहाँले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो ।