२०८१ बैशाख १४ , शुक्रवार

घाइतेहरूलाई मेडिसिटी अस्पतालमा उपचार गराइदै

सुनाखरी न्युज/ काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट सुरेन्द्र पौडेलसहित तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

 

घाइतेहरूलाई हेलिकप्टरबाट मेडिसिटी अस्पताल ल्याइएको छ । घाइते हुनेहरूमा क्याप्टेन पौडेलसहित, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर छन् । भोटे र विक्रमले हाम्फालेर ज्यान जोगाएका थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

 

हेलिकप्टर अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो। हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।