२०८१ बैशाख १४ , शुक्रवार

घुससहित प्रहरीका लेखापाल पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंको नयाँबानेश्‍वरबाट पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत सई विनोद विष्टलाई शुक्रबार दिउँसो अख्तियारले घुससहित पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार उनी घुस रकम बुझ्‍नकै लागि महोत्तरीबाट काठमाडौं आएको देखिएको छ ।