२०८० चैत्र १६ , शुक्रवार

फिल्म ‘टुल्की’ जेठ १२ गते

सुनाखरी न्युज/ काठमाडौं । हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म ‘टुल्की’ जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मले दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेता शिशिर बाङ्देल र स्वस्तिमा कार्कीलाई देख्न सकिन्छ ।

 

यस्तै, ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको फिल्मको गीत र ट्रेलर आगामी साता सार्वजनिक हुने भएको छ । फिल्मलाई डोल्पामा छायांकन गरिएको हो । फिल्ममा देव थापाको निर्देशन, सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माता हुनुहुन्छ ।

 

फिल्मको पटकथा शेखर लामाले लेख्नुभएको हो । शिशिर र स्वस्तिमासहित फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ ।