२०८३ श्रावण १९ , मंगलबार

सिम्रिक एयरको हेलिकप्टर सम्पर्कविहीन

सुनाखरी न्युज/ काठमाडौं । संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।

 

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले हेलिकप्टर सम्पर्कविहीन भएको बताए।

 

सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिएको छ।