२०८१ बैशाख ८ , शनिवार

कोशी प्रदेशको २ स्थानबाट लागु औषध सहित ४ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । बिराटनगर। कोशी प्रदेशको २ छुट्टा छुट्टै स्थानहरुबाट लागु औषध सहित ४ जना पक्राउ परेका छन् । हिजो राति सवा ९ बजेको समयमा झापाको चन्द्रगढी बिमानस्थलबाट २ जनालाई प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।

 

बुद्ध एयरको बिमान द्वारा काठमाण्डौ जान लागेका झापा मेचीनगर घर भएकी बर्ष २१ की सोनी श्रेष्ठ राजवंशी र निजको दिदी वर्ष २३ की संध्या श्रेष्ठलाई बडी सर्चको क्रममा उक्त परिणामको लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको धरान- ११ का स्थानीय २३ बर्षीय काला निरज भनिने युवराज लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुको साथबाट प्रहरीले ३८० ट्याव्लेट ट्रामाडोल, स्पास्पेन १००० ट्याव्लेट, ३ थान खुक्कुरी र १ थान तरवार सहित पक्राउ गरेको हो भने धरान-१६ का २३ बर्षीय निशान राईलाई ट्रामाडोल ८९ ट्याव्लेट र स्पास्पेन ९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्रउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।