२०८१ बैशाख १३ , बिहिवार

जापानमा ६.३ म्याग्निच्युडको भूकम्प

Earthquake

सुनाखरी न्युज/ काठमाडौं । जापानमा शुक्रवार ६.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

 

राजधानी टोक्योभन्दा ३०० किलोमिटर उत्तरपश्चिमतर्फ रहेको नोटो प्रायद्वीप भूकम्पको केन्द्रविन्दु भएको जापान टाइम्सले खबर दिएको छ । स्थानीय समयअनुसार दिउँसो २ः४२ मा भूकम्प गएको हो ।

 

भूकम्पको गहिराइ ४०९.१ किलोमिटर बताइएको छ । अधिकारीहरूले क्षतिग्रस्त भवनहरूको जानकारी संकलन गरिरहेको एनएचकेले खबर दिएको छ । घाइते वा हताहतीको कुनै जानकारी आइसकेको छैन ।एजेन्सी