२०८१ बैशाख १३ , बिहिवार

नेशनल लाईफ इन्स्योरेन्सको क्रुजडिनर एट नारायणी रिभर कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “क्रुजडिनर एटनारायणी रिभर कार्यक्रम” सम्पन्न गरेको छ ।

 

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु लाई नेपालको पर्यटकिय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणीनदिमा संचालनगरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहितप्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरी बाट उत्कृष्ट व्यवसाय गरी योजनामाछनौट हुन सफलहुनु भएका करिब ४०० जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । साथै, प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा उत्कृष्ट अभिकर्ताहरुको सम्मान कार्यक्रमको आयोजना समेत गरिएको थियो । सो अवसरमा उपस्थित अभिकर्ताहरु लाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले प्रशिक्षक मनोज भट्टराई बाट उत्तप्रेरणा तथा व्यक्तित्व विकास सम्वन्धि प्रशिक्षण प्रदान गरिएको थियो ।

 

प्रमुखकार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकास लाई सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउनु हुँदै योजनामा छनौट भई सम्मानितहुन सफल अभिकर्ताहरु लाई प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको थियो । सहभागि अभिकर्ताहरुले नेपालको एक मात्र क्रुजमा यात्रा गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रम बाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।