२०८१ बैशाख १४ , शुक्रवार

तेक्वान्दो मिनीक्विन सुस्मिता गण्डकीको नजरमा

कविता घर्ती मगर/पोखरा । बागलुङ जिल्ला खेलाडीहरुको उर्वर भुमिका रुपमा परिचित छ । जुन जिल्लाका विभिन्न दुरदराजमा व्यक्ति भुईमान्छेका रुपमा जन्मिन्छ । त्यहि साधारण जीवन लिएर जन्मिएको भुईमान्छे कालान्तरमा एक सर्वप्रतिष्ठित र देशकै गहनाको रुपमा स्थापित हुन्छ,त्यहि नाम हो क्रिकेटका करण केसि,भलिवलकी सोफिया पुन, रवी केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गा बहादुर सुनार लगायत दर्जनौँ खेलाडीहरु । त्यसगरि खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउने लक्ष्यका साथ खेलकुदमै लागिपरेका अर्का खेलाडीको नाम हो सुस्मिता थापामगर । उनी आईटिएफ तेक्वान्दोका खेलाडी हुन् । वि.स. २०६० सालमा बागलुङको बडिगा्ड गाउँपालिका वडा नं १० निगलपनीको दुर्गम ठाउँमा साधारण परिवारमा जन्मिएका थापामगर बच्चैदेखि आम बालबालिका भन्दा पृथक लक्ष्यका साथ बाल्यकाल व्यतित गरिन् । उनको त्यो लक्ष्य हो खेलाडी बनेर परिवार,गाउँ र राष्ट्रकै एक प्रेरणादायी व्यक्ति बन्ने ।

 

सपनालाई पछ्याउदै छोटो समयमै खेलकुदमा छलङ मार्न सफल बन्दै गरेकी थापामगर खेल करियर सुरुवातमा भने पढाई र परिवारको असहमतिका कारण निकै दुख पाएको बताईन् । “घरमा सानो टिभी थियो, खेलप्रतिको रुचिका कारण टिभीमा आउने प्रत्येक समाचारको अन्त्यमा आउने खेल समाचार निकै प्रर्खाइमा हुन्थे म, उत्साहका साथ हेर्थे,खेलाडी बनेर टिभीमा आउने सपना बनाउथे”,उनले भने, “सुरुमा घरपरिवारबाट अनुमति नपाउदा धेरै दुख लागेको थियो, मेरो सपनाको जिद्दिको अगाडी परिवारको केहि लागेन्, अन्त्यमा खेल्ने अनुमति पाए,गेम सिके अहिले यहाँ छु ।”

 

खेलकुदमा रुचि थियो तर गाउँमा सिक्ने अवसर थिएन उनको कक्षा ६ मा पढ्दा भलिवल खेल्दै थिईन् विद्यालय स्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक लिन्थिन् । सोहि समयमा २०७४ कार्तिकमा उनी पढ्दै गरेको श्री भानु निम्न माध्यामिक विद्यालयमा रवीन्द्र बुढामगरले आईटीएफ टेक्वान्दो दोजाङ सञ्चालन गरे । त्यो निकै सुनौलो अवसर थियो थापामगरका लागि निकै खुसी पनि भईन् तर पढाईमा अव्वल उनको पढाई विग्रिने कारण देखाउदै घरपरिवारले गेम सिक्न अनुमति दिएन् । भाईबहिनीलाई भने गेम सिक्न पठाउने गरिएको थियो ।

 

“घरपरिवारलाई मनाउन हार मानेको भने थिएन, दैनिक विद्यालयबाट घर जान्थे, अनि खाजा खाएर आफ्नो गृहकार्य सकेर भाईबहिनीलगाएतले सिक्दै गरेको तेक्वान्दो खेल टाढा बसेर नियाल्थे र रविन्द्र गुरुले जसरी सिकाउनुहुन्छ हेर्दै यता मैले एक्लै अभ्यास गर्थे, यसरी नै परिवारको अनुमति विना दैनिक टाढैबाट एक्लै गरेको अभ्यास साँझ घरमा गएर भाईबहिनीलाई आज तिमीहरुले यस्तो सिक्यौ हैन भन्दै सोध्थे र मैले टाटैबाट हेरेर सिकेको पोजिसनहरु देखाउँथे”,उनले भने,दृढ संकल्पले मान्छेलाई पछाडी फर्कनै दिदैन भने झै घरमा हजुरआमालाई गेम सिक्न अनुमतिका लागि फकाईरहेकी थिए, तर परिवारको असहमति र गुरुबाट औपचारिक सिकाइ बिना नै टाढैबाट सिक्नेहरुलाई नियाल्ने अनि एक्लै अभ्यास जारी राखे ।” उनको खेलप्रतिको यो असाधारण रुचिले अन्त्यमा परिवारले तेक्वान्दो सिक्न अनुमति दियो । थापामगरका लागि त्यो पल संसार जितेको आभाष थियो । २०७४ मंसिर १६ गते देखि उनले औपचारिक रुपमा गुरुबाट आईटीएफ तेक्वान्दो सिक्न सुरु गरिन्,जुनबेला उनी कक्षा ८ मा पढ्थिन् ।

 

छोटो समयमै निगलापनी आईटीएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बन्न हुदै ३÷३ महिना को अंतरालमा हुने वेल्टटेस्ट प्रतियोगिताहरुमै आफ्नो क्षमतालाई उजागर गर्दै गईन् । पढाईमा पनि प्रथम स्थान कब्जा गरेका उनलाई गाउँको आधाभुत शिक्षा पछि ९÷१० को पढाईको गुल्मीको मालिक गाउँपालिका ३ महावीर स्थित श्री देवीस्थान माध्यमिक विद्यालय भर्ना भईन् । घरदेखि २र३ घण्टा हिडेर विद्यालय जानुपर्ने र आठौ राषर््िट्रय खेल को लागि छनोटका लागि तयारी गर्नुपर्ने चुनौति थपियो उनलाई । “नयाँ विद्यालय सुरु गरेको पढाईलाई पनि विगार्नु थिएन,छनोट खेलको लागि तयारी गर्नु दुवै एकचोटी चुनौति थपियो, तर हार मानेन् , बिहान १ घण्टा गेमको ट्रेनिङ्ग गरेर घर फर्किन्थे, हजुरआमाले बनाएको खाना खाएर विद्यालयको लागि निस्किन्थेँ, साझा स्कुल छुट्टी हुने बित्तिकै कुदेर घर फर्किन्थे र खेलमैदानमा गईहाल्थे, यसरी नै खेल र पढाई लाई निरन्तरता दिए”,उनले भने ।”

 

निरन्तरको कर्मले उनलाई पढाई र खेल दुवैमा थप सफल्ताका सिंढीहरु चढाउदै गयो । खेलकुदबाट प्राप्त गरेका उत्कृष्ट पदकहरुले परिवारमा खुसि र आफन्तबाट आएका हौसलाका शब्दहरु सपनाले दो¥याएका कठोर संघर्षका उपब्धिहरु ठान्छन् उनी । एसईई पनि सकिएपछि उनी सदरमुकाम स्थित विद्यामन्दिर माविमा साईन्स लिएर प्लसटु पढाई सुरु गरिन् । पढाईसंगै उनले दोजाङ सञ्चालन गरि प्रशिक्षकको भुमिकामा उभिईन् । अन्त्यमा प्लस टुको पढाईपनि सकियो । त्यसपछिको पढाईको यात्राको शिलशिलामा उनी अहिले गण्डकी युनिभर्सिटीमा विएसएम ९दबअजभयिच ष्ल कउयचतक mबलबनझभलत० विषय अध्ययनरत छिन् । बालापनमा खेलाडी भएर चर्चामा आउने,सबैले माया गरुन भन्ने उद्धेश्यले खेल करियरमा होमिएका उनी अहिले भने उनको लक्ष्य अलिकति परिपक्व बन्दै गएको छ । अव खेलकुदको दिगो विकास र व्यवस्थापन नीति परिवर्तन गर्ने उनको लक्ष्य छ । “मैले खेलाडी भएर भोगेका अनेक समस्याहरु छन्,”उनले भने “अव यो समस्याको समाधान गर्ने निकायसम्म पुग्ने मेरो लक्ष्य छ ।”खेल पर्यटन मार्फत देशलाई आर्थिक रुपमा शसक्त बनाउने सक्ने वातावण राज्यबाट उनको अपेक्षा छ ।

नवौं राष्ट्रिय प्रतियोगिता
यो खेलमा गण्डकीलाई २ वटा पदक दिलाउने लक्ष्यका साथ निकै मेहनत गरिन् । तयारी अनुसार नै खेल प्रदर्शन गर्दै उनले पहिलो चरणमा बागमती,दोस्रोमा आर्मी र तेर्सो चरणमा लुम्बिनी र फाइनलमा खेलमा प्रदेश १ लाई पारजित गर्दै ४५–५० केजी तौल समूहमा स्वर्ण हात पारिन् । अर्काे विधा मा भने पहिलो चरणमा शसत्र प्रहरी,दोस्रो चरणमा कर्णाली प्रदेशलाई पारजित गर्दै फाइनलमा आर्मी सँग पारजित भएपछि रजत पदकमै चित्त बुझाईन् ।

आठौ राष्ट्रिय खेलकुद
आईटिएफ तेक्वान्दो प्रतियोगिताबाट जिल्ला हुदै प्रदेशबाट पनि छनोट हुदै आठौ राष्ट्रिय खेलकुदमा भाग लिने सफल भईन् । प्रतियोगिताको पहिलो चरणमै आर्मीका अव्वल खेलाडी रुबिका खड्कासँग ४५–५० केजि समुहमा प्रतिस्पर्धा गरिन् । सातौं राष्ट्रिय खेलका स्वर्ण विजेता रूबिका खड्कासँग पहिलो खेलमै सामना गर्दा डरका बाबजुत मैदानमा उत्रिएको उनले अनुभाव सुनाईन् । “औपचारिक प्रतियोगिता त्यो पनि पहिलो खेल नै स्वर्ण पदक जितिसकेको खेलाडीसंग पर्दा निकै डर लागेको थियो,” उनले भनिन् “डरका बाबजुत मेरो आत्मविश्वासलाई दरिलो बनाएर मैदान छिरे, खड्कालाई सोझै पराजित गर्दै गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो टिमको अनुहारमा रौनक ल्याउन सफल भए,सबैको ध्यान मैतिर सोझियो ।”

 

स्वर्णधारीलाई नै पछारेपछि त्यसपछिका प्रतिस्पर्धामा भने उनलाई पछाडी फर्कन परेन् । फाइनलमा बागमती प्रदेशकी नीलिमा सुनारलाई पराजित गर्दै उनले गण्डकीलाई स्वर्ण पदक दिलाईन् भने बाँकी दुई बिधामा पनि दुई रजत पदक हात पारिन् । पहिलो पटक औपचारिक प्रतियोगितामा आर्मीका सिनियर खेलाडी तथा स्वर्णधारी खड्कालाई पराजित गरे पछि थापामगरको चर्चा चुलियो । आठौ राष्ट्रिय प्रतियोगितामा आईटीएफ तेक्वान्दोमा स्वर्ण पदक ल्याउने उनी एक मात्र खेलाडी हुन् । उनले १ स्वर्ण र २ रजत पदक जितेकी थिईन् । उनी छोटो समयमै राम्रो खेल प्रदर्शन गर्दै प्रदेश लाई स्वर्ण पदक दिलाउन सफल भएकाले उनी चौथो स्पोर्ट अवार्डमा उदयमान खेलाडीमा मनोनयनमा पर्न परेकी थिईन् । सोहि समय राष्ट्रिय खेलकुदमा स्वर्ण र कक्षा ९ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुदाको सफल्ता उनी शब्दमा व्यक्त गर्न सक्दैनन् ।

बाँकी उपाधिहरु
—बुर्तिवाङमा सम्पन्न ‘प्रथम ढोरपाटन मेयर कप’ — २ स्वर्ण संगै उत्कृष्ट खेलाडी घोषित ।—रामेछापमा सम्पन्न ‘२० औँ सिनियर राष्ट्रिय च्याम्पियनसिप’— ३ रजत ।—पहिलो गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिता— २ स्वर्ण संगै उत्कृष्ट खेलाडी घोषित । उनी यहि २३ गते शनिवार नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने सातौ पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट महिला वर्ष खेलाडीको मनोनयनमा परेकी छिन् । उनलाई टक्कर दिन फुटवलकी सावित्रा भण्डारी र आर्चरीकी रोजिना थापामगर पनि प्रतिस्पर्धामा छन् । यी तिन जना मध्ये एकजनाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड पाउनेछन् । यस्ता खालका कार्यक्रमहरुले खेलाडीहरुमा हौसला प्रदान गनुका साथै अझै मेहनत गर्न प्रोत्साहन मिल्ने उनले प्रतिक्रिया दिईन् ।