२०८१ बैशाख ६ , बिहिवार

आज बुद्ध जयन्ती ,वैसाखी पूर्णिमा, चण्डी पूर्णिमा ,उभौली पर्व , गोरखनाथ जयन्ती र दशनामीहरुको कुल पुजा सबैमा मंगलमय शुभकामना

किरण गिरी । आज वैसाख पूर्णिमा (२२ वैशाख २०८० : 5 May 2023) भगवान बुद्धले यस धराधाम नेपालको लुम्बिनीमा पदार्पण गर्नु भएको दिनलाई संझेर २५६७ औं बुद्ध जयन्तीका अवसरमा पवित्र मनले प्रार्थना गरौं – “बुद्धं शरणम् गच्छामी” ॐ तत सत ।
वैसाख पूर्णिमा कै दिनमा ३५ वर्षको उमेरमा सिद्धार्थले ‘बुद्धत्व’ प्राप्त गर्नु भयको र ८० वर्षको आयुमा यसै दिन वाहाँ ‘महापरिनिर्वाण’ मा प्रस्थान गर्नु भएको थियो ।
भगवान बुद्धले एक प्रकाश पुंजको रुपमा सारा जगतलाई आलोकित गराई रहनु भएको छ । संसारको वैज्ञानिक चिन्तक, अद्भुत-विचारक, पथ-प्रदर्शक, मानवताको महान प्रवक्ता तथा दया र करुणाको महासागर भगवान बुद्ध समक्ष आज विश्व नतमस्तक छ ।
सनातन धर्मावलम्बीहरूले भगवान विष्णुको दस अवतार मध्ये मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, राम र कृष्ण पछि नवौं अवतारको रुपमा बौद्धावतारलाई मान्दछन् । दशौं अवतार ‘कल्की’ पछि एक चक्र पुराहुन्छ भन्ने कुरा पुराणहरूमा उल्लेख छ
भगवान बुद्धको सम्पूर्ण शिक्षा / दर्शन ‘चार आर्य सत्य’ मा आधारित छ : (१) सत्य हो सबै कुरा दुखमय छ (२) सत्य हो दुखका कारणहरू छन् (३) सत्य हो दुखहरूबाट मुक्ति संभव छ (४) सत्य हो दुखहरूबाट मुक्ति हुने मार्गहरू छन् । ॐ तत सत ।
चौथो आर्य सत्यलाई नै ‘मध्यम मार्ग’ भनिन्छ । यहि मार्गबाट हिंडेर नै आफ्नो र लोकको कल्याण गर्न सकिन्छ ।
मध्यमार्गबाट कसरि हिंडने ? त्यसको लागि भगवान बुद्धले “अष्टांग मार्ग” वताउनु भएको छ । अष्टांग मार्ग यी हुन् – सम्यक दृष्टी, सम्यक संकल्प, सम्यक वाक्, सम्यक कर्म, सम्यक आजीव, सम्यक व्यायम, सम्यक स्मृति र सम्यक समाधि ।
ॐ तत सत ।
भगवान बुद्धले शील (आचरण) लाई
धेरै महत्व दिनु भएको छ । “हिंसाबाट वचनु, चोरी नगर्नु, काम-वासना र मिथ्या आचरणबाट टाढा रहनु, झुठो न बोल्नु र प्रमाद उत्पन्न गर्ने पदार्थ सेवन नगर्नु” – यी ५ कुरालाई भगवान बुद्धले प्रतिपादित गर्नु भएको “पंचशील” भनिन्छ ।
बौद्धधर्मावलम्बिहरूले अधवा बुद्धलाई भगवान मान्नेहरुले पंचशिलको पालना गर्नै पर्छ । कुनै पनि धार्मिक कार्यक्रम गर्नुभन्दा अगाडी अथवा ध्यान गर्नु भन्दा अगाडी प्रत्येकले पंचशिलको प्रतिज्ञा गर्नै पर्छ । भगवान बुद्ध त्यस्तो धर्मनायक हुनुहुन्थ्यो जसले आफ्नो धर्मकोलागि
कुनै जातको बर्ग र देशको सिमा निर्धारण गर्नु भएन ।
वैसाख पूर्णिमालाई ओमकार परिवार भित्र रहेका सनातन धर्मावलम्बीहरू सबैले एवं प्रकृती पूजक किरांत धर्मावलम्बीहरूले चण्डीपूर्णिमा एवं उभौली पर्वको रुपमा विशेष उत्साह र उमंगका साथ मनाउँछन् । दशनामीहरुले यसै दिन आज ” कुलदेवता पुजा ” गर्दछन ।
जय राता नरसिंह नारायण नम :
आज यस वैसाख पूर्णिमाका दिन पुन: एक पटक भगवान बुद्धलाई अन्तर मनले संझौं, पंचशील पालना गरिरहने प्रतिज्ञा गरौं र प्रर्थना गरौं – “बुद्धं शरणं गच्छामी” ।
कुल देवता , जय राता नरसिंह नारायण नम :
ॐ तत सत ॐ तत सत ॐ तत सत ।
लेखक – नेपाली कांग्रेसका केन्द्रीय नेता , निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।