२०८१ बैशाख ७ , शुक्रवार

तातोपानीको भुरुङमा गरिमा विकास बैंकको एटिएम सेवा सुचारु

सुनाखरी न्युज/ काठमाडौं । यस विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ ।

 

एक कार्यक्रमका बिच यस विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठ ज्यू र उक्त गाउँपालिका अध्यक्ष  भरतकुमार पुन ज्यूले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गर्नुभएको छ । म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

 

यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट÷क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।