२०८१ बैशाख १६ , आइतवार

१२ अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । यस साताको सुरुवातदेखि नै घटेको नेप्से आज भने बढेको हो ।

 

आज नेप्से १२.७३ अंकले बढेर एक हजार ८ सय ६९ दशमलब ७३ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने खासै उत्साह देखिएको छैन ।आज ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १६२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.१६ प्रतिशतले बढेर प्रतिकित्ता ७१५ रुपैयाँ पुगेको छ भने एनआइबीएल ग्रोथ फण्डको पनि शेयरमूल्य ९ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार एनएमबी डिभेञ्चर र नेपाल एसबीआई बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेड प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज चार करोड ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।